नोआका जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा ठूला-ठूला अगाधका सब मूलहरू फुटे, र आकाशका द्वारहरू खुले। अनि चालीस दिन र रातसम्म पृथ्वीमा पानी परिरह्यो। ठीक त्यसै दिन नोआ, तिनका छोराहरू शेम, हाम र येपेत, तिनकी पत्नी र तिनका तीन बुहारीहरू जहाजभित्र पसे। तिनीहरू र आ-आफ्नो जातअनुसारका सबै वन-पशुहरू, सबै पालिने पशुहरू, भूइँमा घस्रने सबै प्राणीहरू र आ-आफ्नो जातका सबै थरीका पक्षीहरू पसे। जीवनको सास हुने सबै प्राणीका जोड़ी-जोड़ी गरी नोआकहाँ जहाजमा आए। परमेश्वरले नोआलाई हुकुम गर्नुभएबमोजिम जहाजभित्र पसेका प्राणी भाले र पोथी गरी आए। त्यसपछि परमप्रभुले जहाजको ढोका थुनिदिनुभयो। पृथ्वीमा चालीस दिनसम्म जलप्रलय भइरह्यो। पानी बढ़ेर जहाजलाई उचाल्न लाग्यो र त्यो जमिनबाट माथि जान लाग्यो। पानी धेरै परिरह्यो र चौपट्टै बढ़ेर पृथ्वीमा भरिन लाग्यो, र जहाज पानी माथि-माथि उत्रन लाग्यो। पानी पृथ्वीमा जोडसँग परिरह्यो र आकाशमुनिका जम्मै अल्गा-अल्गा पर्वतहरू ढाकिए। पानी बढ़ेर आयो र पर्वतहरूलाई सात मिटरसम्म डुबाइदियो। पृथ्वीमा चलहल गर्ने सबै जीवित जीवात— के पक्षी, के पालिने पशु, के वन-पशु, के भूइँमा घस्रने सबै प्राणीहरू— तथा सबै मानिसहरू मरे। ओबानो भूमिमा भएका सास हुने सबै प्राणी मरे। अनि जति प्राणी जमिनमा थिए— के मानिस, के पशु, के घस्रने जन्तु, के पक्षी, सबै मासिए। तिनीहरू पृथ्वीबाट मासिए, केवल नोआ र जति जना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवितै रहे। अनि पृथ्वीमा पानी एक सय पचास दिनसम्म रहिरह्यो।
उत्पत्ति 7 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 7:11-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू