YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 32:24-28

उत्‍पत्ति 32:24-28 NNRV

यसरी याकूबचाहिँ एकलै छोड़िए। अनि एक जना व्‍यक्ति उज्‍यालो नहोउञ्‍जेल तिनीसित कुश्‍ती लड़े। यी व्‍यक्तिले याकूबलाई जित्‍न नसकेका देखेर याकूबका कम्‍मरको खोक्रो भाग छोए, र उनीसित कुश्‍ती लड्‌दालड्‌दै याकूबको कम्‍मरको गेड़ी फुस्‍क्‍यो। तब ती व्‍यक्तिले भने, “उज्‍यालो हुन लाग्‍यो। मलाई जान देऊ।” तर याकूबले भने, “मलाई आशीर्वाद नदिउञ्‍जेल म तपाईंलाई जान दिन्‍नँ।” उनले तिनलाई भने, “तिम्रो नाउँ के हो?” तिनले भने, “याकूब।” त्‍यस व्‍यक्तिले भने, “अब उप्रान्‍त तिम्रो नाउँ याकूब होइन तर इस्राएल हुनेछ, किनभने तिमीले परमेश्‍वर र मानिसहरूसँग लड़न्‍त गर्‍यौ, अनि विजयी भयौ।”