उनले भने, “तेरो हात त्यस केटामाथि नउठा”, र “त्यसलाई केही नगर्। अब मैले थाहा पाएँ तैले परमेश्वरको भय मान्दोरहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्।” अब्राहामले माथितिर हेरे र एउटा भेड़ा झाड़ीमा सीङ अल्झेर फसेको देखे। अब्राहामले गएर त्यस भेड़ालाई ल्याए, र तिनका छोराको सट्टामा त्यसैलाई होमबलि गरे। यसकारण अब्राहामले त्यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्छ” राखे। “परमप्रभुको डाँड़ामा जुटाइनेछ” भनी आजपर्यन्त भनिन्छ। परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गबाट अब्राहामलाई कराएर भने, परमप्रभु भन्नुहुन्छ, “मैले आफ्नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय नै तँलाई आशिष् दिनेछु। तेरा सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह म तुल्याउनेछु। तेरा सन्तानले आफ्ना शत्रुहरूका सहरहरू कब्जा गर्नेछन्। तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्।”
उत्पत्ति 22 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 22:12-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू