परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्नुभयो। अनि हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक किसिमको रूख परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो। उहाँले बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो। बगैँचा भिजाउनलाई अदनबाट एउटा नदी निस्केको थियो, र त्यहाँबाट छुट्टिएर त्यो चार वटा शाखा भएको थियो। पहिलो नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो, जुन हवीलाको समस्त मुलुकमा बग्छ, जहाँ सुन पाइन्छ। त्यस देशको सुन असल हुन्छ। त्यहाँ खोटो र आनिक्सहरू छन्। दोस्रो नदीको नाउँ गीहोन हो। कूशको समस्त देशमा बग्ने नदी यही हो। तेस्रो नदीको नाउँ टाइग्रिस हो। यो अश्शूरको पूर्वतिर बग्छ र चौथो नदी यूफ्रेटिस हो। परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्यसको गोड़गाड़ र हेरचाह गर्न राख्नुभयो।
उत्पत्ति 2 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 2:8-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू