सूर्य अस्ताउँदा अब्राम मस्त निद्रामा परे, अनि डरलाग्दो र घोर अन्धकारले तिनलाई छोप्यो। तब परमप्रभुले अब्रामलाई भन्नुभयो, “यो निश्चय जानिराख्, कि तेरा सन्तानहरू कुनै एउटा देशमा प्रवासी भएर बस्नेछन्, जुन देश तिनीहरूको होइन, र त्यस देशका मानिसहरूका कमारा-कमारी हुनेछन्, र चार सय वर्षसम्म तिनीहरू थिचोमिचोमा पर्नेछन्। तर तिनीहरू जुन जातिका दास बन्नेछन्, उनीहरूको पनि म इन्साफ गर्नेछु, र पछिबाट तिनीहरू धेरै धन-सम्पत्ति लिएर निस्किआउनेछन्। तँचाहिँ आफ्ना पितृहरूकहाँ शान्तिसित जानेछस्। तेरो पूरो बुढ़ेसकालमा तँ गाड़िनेछस्। चौथो पुस्तामा तेरा सन्तानहरू फेरि यहाँ आउनेछन्, किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भएको छैन।” सूर्य अस्ताएपछि जब अँध्यारो भयो तब मासुका टुक्राहरूका बीचबाट धूवाँ आइरहेको आगोको एउटा मकल र बलिरहेको एउटा राँको छिरिगयो। त्यसै दिन परमप्रभुले अब्रामसित यसो भनेर करार बाँध्नुभयो, “तेरा सन्तानहरूलाई मिश्रदेशको नदीदेखि महानदी यूफ्रेटिससम्मको यो देश मैले दिएको छु— केनी, कनज्जी, कदमोनी, हित्ती, परिज्जी, रपाई, एमोरी, कनानी, गिर्गाशी र यबूसीहरूका देशहरू दिएको छु।”
उत्पत्ति 15 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 15:12-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू