YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 1:27-31

उत्‍पत्ति 1:27-31 NNRV

यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो। परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो। परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” अनि परमेश्‍वरले भन्‍नुभयो, “हेर, म तिमीहरूलाई पृथ्‍वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्‍छु। ती तिमीहरूलाई आहाराको निम्‍ति हुनेछन्‌। अनि पृथ्‍वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्‍तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्‍ति म हरिया वनस्‍पति दिन्‍छु।” तब त्‍यस्‍तै भयो। आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। वास्तवमा त्‍यो साह्रै राम्रो थियो। अनि साँझ पर्‍यो र बिहान भयो— छैटौँ दिन।