YouVersion लोगो
खोज आइकन

गलाती 3:6-9

गलाती 3:6-9 NNRV

अब्राहामलाई नै हेर, “उनले परमेश्‍वरमा विश्‍वास गरेथे, र यो उनको निम्‍ति धार्मिकता गनिएको थियो।” यसकारण तिमीहरूले यो जान, कि जस-जसले विश्‍वास गर्छन्, तिनीहरू नै अब्राहामका सन्‍तान हुन्‌। परमेश्‍वरले अन्‍यजातिहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्‍छ भन्‍ने धर्मशास्‍त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई “तँमा नै सबै जातिले आशिष्‌ पाउनेछन्‌” भन्‍ने सुसमाचार अघिबाटै सुनायो। यसकारण विश्‍वास गर्ने मानिसहरूले विश्‍वासी अब्राहामसँगै आशिष्‌ पाएका छन्‌।