YouVersion लोगो
खोज आइकन

एज्रा पुस्‍तक परिचय

पुस्‍तक परिचय
एज्राको पुस्तकले इतिहासको पुस्तकको घटनाक्रमलाई नै पछ्याएर गएको छ। यसमा हामी बेबिलोनबाट फर्किआउँने कैदीहरूको विवरण पाउँछौं अनि यरूशलेममा जनजीवन र मन्दिरको आराधना पुन:स्थापना भएको घटना पढ्छौं। यी घटनाहरूलाई यो पुस्तकमा यसरी विभाजन गरी हामी हेर्न सक्छौं:
१. फारसका सम्राट कोरेसको आदेशमा यहूदी कैदीहरू बेबिलोनबाट फर्कन्छन्।
२. मन्दिरको पुनर्निर्माण र अर्पण र यरूशलेममा फेरि परमेश्‍वरको पूजा-आराधना आरम्भ भएको।
३. तीन वर्षपछि एज्राको नेतृत्वमा अर्को झूण्ड यहूदीहरू फर्कन्छन्।
एज्रा व्यवस्थाको एक कुशल विद्वान थिए। उनले आफ्नो धार्मिक र सामाजिक जीवनलाई सुव्यवस्थित गर्न मानिसहरूलाई मद्दत गरे। एज्राले आफ्नो शिक्षाद्वारा इस्राएलीहरूको गौरवशाली परम्परालाई सुरक्षित बनाएका थिए।
एज्राले नै विभिन्‍न स्रोतहरूबाट र आफ्नो संस्मरणबाट पनि यो पुस्तकलाई रचना गरेका थिए भनी अनुमान गर्न सकिन्छ (४:७-१६; २:१-७०; ७:२७—९:१५)। यो पुस्तक रचनाको समय ४५६-४४४ ई. पू. सम्म हो, अर्थात् नहेम्याह यरूशलेम आइपुगेको समयसम्म।

अहिले सेलेक्ट गरिएको:

एज्रा पुस्‍तक परिचय: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्