YouVersion लोगो
खोज आइकन

इजकिएल 8:11-16

इजकिएल 8:11-16 NNRV

तिनीहरूका सामुन्‍ने इस्राएलको घरानाका सत्तरी जना धर्म-गुरुहरू र शापानको छोरो याजन्‍याह तिनीहरूका साथमा उभिरहेका थिए। हरेकको हातमा आ-आफ्‍नो धुपौरो थियो, र धूपको सुगन्‍धित धूवाँ मास्‍तिर उठिरहेको थियो। तब उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, इस्राएलको घरानाका धर्म-गुरुहरू हरेकले अँध्‍यारोमा आ-आफ्‍नो मूर्तिको पूजाकोठामा के गरिरहेका तैंले देखिस्‌? तिनीहरू भन्‍छन्, ‘परमप्रभुले हामीलाई देख्‍नुहुन्‍न। परमप्रभुले यस देशलाई त्‍याग्‍नुभएको छ’।” फेरि उहाँले मलाई भन्‍नुभयो, “तिनीहरूले गरेका यीभन्‍दा पनि अति घिनलाग्‍दा कामहरू तैंले देख्‍नेछस्‌।” तब उहाँले मलाई परमप्रभुका भवनको उत्तरपट्टिका प्रवेशद्वारको मुखमा ल्‍याउनुभयो र त्‍यहाँ तम्‍मूज देवताको लागि रोइरहेका स्‍त्रीहरूलाई मैले देखें। उहाँले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, के तैंले यो देखिस्‌? तैंले योभन्‍दा पनि झन्‌ घिनलाग्‍दा कुराहरू देख्‍नेछस्‌।” तब उहाँले मलाई परमप्रभुका भवनको भित्री चोकमा ल्‍याउनुभयो, अनि त्‍यहाँ वेदी र दलानको बीचमा मन्‍दिरको प्रवेशद्वारमा प्राय: पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूका पीठ परमप्रभुको मन्‍दिरतिर र अनुहारचाहिँ पूर्वपट्टि फर्काएर पूर्वतिरै सूर्यलाई दण्‍डवत्‌ गरिरहेका थिए।