इजकिएल 36:24-28
इजकिएल 36:24-28 NNRV
“‘किनकि म जाति-जातिहरूबाट तिमीहरूलाई निकाल्नेछु, र सबै देशहरूबाट तिमीहरूलाई भेला गर्नेछु, र तिमीहरूलाई तिमीहरूको आफ्नै देशमा ल्याउनेछु। म तिमीहरूमाथि शुद्ध पानी छर्किदिनेछु, र तिमीहरू शुद्ध हुनेछौ। तिमीहरूका सबै अशुद्धतादेखि र तिमीहरूका सबै मूर्तिहरूदेखि म तिमीहरूलाई शुद्ध तुल्याउनेछु। म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु। अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होशियारीसाथ मान्ने तुल्याउनेछु। मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहनेछौ। तिमीहरू मेरा प्रजा हुनेछौ र म तिमीहरूका परमेश्वर हुनेछु।

