YouVersion लोगो
खोज आइकन

इजकिएल 30

30
मिश्रदेशको निम्ति विलाप
1परमप्रभुको यो वचन मकहाँ आयो: 2“हे मानिसको छोरो, यो अगमवाणी गरेर भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:
“‘विलाप गर्, र भन्, “हाय! त्‍यो दिन।”
3किनकि त्‍यो दिन नजिकै छ, परमप्रभुको दिन नजिकै छ— बादल लागेको दिन, जाति-जातिहरूका अन्‍त्‍यको दिन त्‍यो हुनेछ।
4मिश्रदेशमाथि एउटा तरवार आउनेछ,
र कूश देशमा पनि सङ्कष्‍ट आइपर्नेछ। जब मिश्रदेशमा मारिएका मानिसहरू जमिनमा ढल्‍नेछन्, तब त्‍यसका धन-सम्‍पत्तिहरू लगिनेछन्, र त्‍यसका जगहरू भत्‍काइनेछन्‌।
5कूश, पूत, लूद र सारा अरब देश, लिबिया,
र करार गरिएका देशका मानिसहरू, मिश्रदेशसँगसँगै तरवारले ढालिनेछन्‌।
6“‘परमप्रभु यसो भन्‍नुहुन्‍छ:
“‘मिश्रदेशका मित्रराष्‍ट्रहरूचाहिँ पतन हुनेछन्, त्‍यसको घमण्‍डी शक्तिको पतन हुनेछ। मिग्‍दोलदेखि आश्‍वानसम्‍मै त्‍यसभित्र भएका सबै तरवारले ढालिनेछन्, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ।
7उजाड़ भएका देशहरूका माझमा तिनीहरू उजाड़ हुनेछन्,
र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बीचमा पड़िरहनेछन्‌।
8जब म मिश्रदेशमा आगो लगाइदिनेछु,
र त्‍यसका सबै सहायकहरू चकनाचूर हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।
9“‘त्‍यस दिन सन्‍तुष्‍टसँग बसेका कूशीहरूलाई तर्साउने खबर दिनलाई मकहाँबाट समाचारवाहकहरू जानेछन्‌। मिश्रदेशको अन्‍त्‍यको दिनमा तिनीहरूलाई त्रास हुनेछ, किनभने त्‍यो निश्‍चय नै आइपर्नेछ।
10“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:
“‘म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका सैन्‍य-दलहरूलाई अन्‍त्‍य गरिदिनेछु।
11त्‍यो र त्‍यसको सेना जाति-जातिहरूमा सबैभन्‍दा क्रूर तिनीहरू सर्वनाश गर्नलाई ल्‍याइनेछन्‌। तिनीहरूले आफ्‍ना तरवार मिश्रदेशको विरुद्धमा थुत्‍नेछन्,
र तिनीहरूले मृतकहरूले देश भरिदिनेछन्‌।
12म नील नदीका पानीहरू सुकाइदिनेछु,
र म त्‍यस देशलाई दुष्‍ट मानिसहरूका हातमा बेचिदिनेछु। त्‍यो देश र त्‍यसमा भएका सारा थोकहरूलाई म विदेशीहरूका हातद्वारा उजाड़ पारिदिनेछु।
म परमप्रभुले यो भनेको हुँ।
13“‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:
“‘म मूर्तिहरूको सर्वनाश गरिदिनेछु,
र नोपमा भएका प्रतिमाहरूको अन्‍त्‍य गरिदिनेछु। मिश्रदेशमा फेरि कहिल्‍यै राजकुमार हुनेछैन,
र यसरी म देशमा डर फैलाइदिनेछु।
14माथिल्‍लो मिश्रलाई म उजाड़ पारिदिनेछु, सोअनमा आगो लगाइदिनेछु, नो सहरलाई म दण्‍ड दिनेछु।
15म मिश्रदेशको किल्‍ला, पेलुसियममाथि मेरो क्रोध खन्‍याउनेछु,
र नो सहरका सैन्‍य-दलहरूलाई नष्‍ट पार्नेछु।
16म मिश्रदेशमा आगो लगाइदिनेछु,
र पेलुसियम पीडाले छटपटिनेछ, नो सहरका पर्खालहरूमा धाँदा पारिनेछन्, नोपचाहिँ निरन्‍तर कष्‍टमा परिरहनेछ।
17हेलीओपोलिस र बुबास्‍तीसका जवान मानिसहरू तरवारद्वारा मारिनेछन्,
र सहरहरू स्‍वयम्‌ कैदमा पर्नेछन्,
18तहपनेसमा जब म मिश्रदेशको जुवा भाँचिदिनेछु, तब त्‍यो दिन अँध्‍यारो हुनेछ,
र त्‍यसको घमण्‍डी शक्तिको अन्‍त्‍य हुनेछ। त्‍यो बादलहरूले ढाकिनेछ,
र त्‍यसका गाउँहरू कैदमा पर्नेछन्‌।
19यसरी म मिश्रदेशलाई दण्‍ड दिनेछु,
र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌’।”
20एघारौँ वर्षको पहिलो महिनाको सातौँ दिनमा परमप्रभुको यो वचन मकहाँ आयो: 21“हे मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचिदिएको छु। निको भई बलियो भएर फेरि तरवार चलाउनलाई मलहमपट्टीले त्‍यो बाँधिएको छैन। 22यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म मिश्रदेशको राजा फारोको विरुद्धमा छु। म त्‍यसका हातहरू भाँचिदिनेछु, राम्रो र भाँचिएको दुवै, अनि म त्‍यसको तरवार त्‍यसको हातबाट खसाइदिनेछु। 23म मिश्रीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देश-देशमा तितरबितर पारिदिनेछु। 24म बेबिलोनको राजाका हात शक्तिशाली बनाइदिनेछु, र मेरो तरवार त्‍यसको हातमा दिनेछु। तर म फारोका हात भाँचिदिनेछु, र त्‍योचाहिँ त्‍यसको अगि मरणान्‍त चोट लागेको मानिसझैँ पीडाले कराउनेछ। 25म बेबिलोनको राजाका हात शक्तिशाली बनाइदिनेछु, तर फारोका हात निर्बल हुनेछन्‌। जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, र त्‍यसले त्‍यो मिश्रदेशको विरुद्धमा चलाउनेछ, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌। 26म मिश्रीहरूलाई जाति-जातिहरूका बीचमा छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देश-देशहरूमा तितरबितर पारिदिनेछु। तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।”

अहिले सेलेक्ट गरिएको:

इजकिएल 30: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्