YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 3:1-6

प्रस्‍थान 3:1-6 NNRV

मोशाले आफ्‍ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेड़ाबाख्रा चराइरहेका थिए, र तिनले भेड़ाबाख्रा चराउँदै उजाड़-स्‍थानको पारितिर परमेश्‍वरको पर्वत, अर्थात्‌ होरेबसम्‍मै लगे। त्‍यहाँ एउटा जलिरहेको पोथ्राको ज्‍वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे। त्‍यो पोथ्रा जलिरहेको थियो— तापनि भस्‍म हुँदैनथ्‍यो। मोशाले भने, “अब म छेवैमा गएर यो गजबको दृश्‍यलाई हेर्नेछु। त्‍यो पोथ्रा किन भस्‍म हुँदोरहेनछ?” जब हेर्नलाई तिनी त्‍यतातिर लागेका परमप्रभुले देख्‍नुभयो, तब परमेश्‍वरले पोथ्राको बीचबाट “मोशा, ए मोशा” भनेर तिनलाई बोलाउनुभयो। अनि तिनले भने “म यहीँ छु।” तब परमेश्‍वरले भन्‍नुभयो, “यता नजिक नआइज। तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको यो ठाउँ पवित्र भूमि हो।” उहाँले अझै भन्‍नुभयो, “म तेरा पिता-पुर्खाका परमेश्‍वर हुँ। अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ।” तब मोशाले आफ्‍नो मुख ढाके, किनकि तिनी परमेश्‍वरलाई हेर्न डराए।

प्रस्‍थान 3:1-6 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति