YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 21:20-24

प्रस्‍थान 21:20-24 NNRV

“यदि कुनै मानिसले आफ्‍नो कमारा वा कमारीलाई लाठीले हिर्काउँदा त्‍यसको हातले त्‍यो मर्‍यो भने, त्‍यसको दण्‍ड हुनैपर्छ। तर त्‍यो एक-दुई दिनपछि उठ्यो भने मालिकलाई दण्‍ड नमिलोस्, किनकि त्‍यो उसको धन हो। “यदि मानिसहरू आपसमा लड़न्‍त गर्दा कुनै गर्भवती स्‍त्रीलाई चोट लाग्‍यो, र महिना नपुगीकनै त्‍यसले बच्‍चा जन्‍माई तर स्‍त्रीलाई चाहिँ केही नोक्‍सानी भएन भने स्‍त्रीको पतिले भनेबमोजिम र अदालतले तोकेअनुसारको दण्‍ड चोट लगाउने मानिसले देओस्‌। तर स्‍त्रीको केही नोक्‍सानी भयो भने, प्राणको सट्टा प्राण, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा