YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 18:17-25

प्रस्‍थान 18:17-25 NNRV

मोशाका ससुराले तिनलाई भने, “तिमीले गरेको यो काम ठीक भएन। तिमी घोटिनेछौ— तिमी र तिमीकहाँ आउने यी सबै मानिसहरू। किनभने यो काम तिम्रो निम्‍ति साह्रै चर्को छ। तिमीले यो काम एकलै गर्न सक्‍नेछैनौ। मेरो कुरा सुन, म तिमीलाई केही सल्‍लाह दिनेछु, र परमेश्‍वर तिमीसित रहून्‌। तिमीचाहिँ परमेश्‍वरको अगि मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका मुद्दा उहाँको सामु लैजानू। तिमीले तिनीहरूलाई विधिविधानहरू सिकाउने गर्नू, र तिनीहरूले जिउने तरीका र गर्नुपर्ने कर्तव्‍य तिनीहरूलाई सिकाइदिनू। तर सबै मानिसहरूमध्‍येबाट परमेश्‍वरको भय मान्‍ने, योग्‍य मानिसहरू चुन। तिनीहरू अनुचित फाइदा घिनाउने ईमानदार व्‍यक्तिहरू होऊन्‌। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दशमाथि नायक हुनलाई नियुक्त गर। तिनीहरूले हरसमय मानिसहरूका न्‍यायकर्ता भएर सेवा गरून्‌। सबै ठूला-ठूला मुद्दाहरूचाहिँ तिनीहरूले तिम्रो सामु ल्‍याऊन्, तर साना-साना मुद्दाहरूचाहिँ तिनीहरूले नै इन्‍साफ गरून्‌। यसरी तिमीलाई सजिलो पर्नेछ, किनकि तिनीहरूले पनि तिम्रो भार बाँड्‌नेछन्‌। तिमीले यो उपाय गर्‍यौ भने र परमेश्‍वरले पनि यही आज्ञा तिमीलाई दिनुभयो भने, तिमी टिक्‍न सक्‍नेछौ, र यी सबै मानिसहरू पनि आ-आफ्‍नो घरमा चित्त बुझाएर जानेछन्‌।” मोशाले आफ्‍ना ससुराले भनेका कुरा माने, र तिनले भनेबमोजिम सबै गरे। मोशाले सारा इस्राएलबाटका योग्‍य-योग्‍य मानिसहरूलाई छाने, र तिनीहरूलाई मानिसहरूमाथि नायक बनाए, अर्थात्‌ हजार-हजारका नायक, सय-सयका नायक, पचास-पचासका नायक र दश-दशका नायक।