YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 16:31-35

प्रस्‍थान 16:31-35 NNRV

इस्राएलीहरूले त्‍यस रोटीको नाउँ “मन्‍न” राखे। त्‍यो धनियाँजस्‍तो सेतो थियो। त्‍यसको स्‍वादचाहिँ महमा बनाएको बाबरजस्‍तो थियो। मोशाले भने, “परमप्रभुले यो आज्ञा गर्नुभएको छ: ‘जुन भोजन तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउँदा उजाड़-स्‍थानमा तिमीहरूलाई खुवाएको थिएँ, आउने पुस्‍ताहरूले त्‍यो देखून्‌ भनेर त्‍यसबाट एक ओमेर पुस्‍तौँ-पुस्‍तौँसम्‍म राख’।” अनि मोशाले हारूनलाई भने, “एउटा भाँड़ो लिएर त्‍यसमा एक ओमेर मन्‍न हाल्‍नुहोस्, र आउने पुस्‍ताहरूका निम्‍ति परमप्रभुको अगाड़ि राख्‍नुहोस्‌।” तब परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम हारूनले गवाही-पाटीको सामु रहिरहोस्‌ भनेर मन्‍न राखे। इस्राएलीहरूले मानिसले बसोबास गरेको जमिनसम्‍म नपुगुञ्‍जेल चालीस वर्षसम्‍म मन्‍न खाइरहे। कनान देशको सिमानामा नपुगुञ्‍जेल तिनीहरूले त्‍यो मन्‍न खाइरहे।