YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 14:1-4

प्रस्‍थान 14:1-4 NNRV

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई आज्ञा दे कि तिनीहरू फर्केर मिग्‍दोल र समुद्रको बीचमा पी-हहीरोत नजिकै वास बसून्‌। समुद्रनेर बाल-सेफोनकै अगाड़ि डेरा हालेर बसून्‌। फारोले इस्राएलीहरूका विषयमा भन्‍नेछन्, ‘तिनीहरू त अलमल्‍ल परी मुलुक घुमिरहेछन्, र उजाड़-स्‍थानले तिनीहरूलाई थुनिदिएछ’। अनि म फारोको हृदय कठोर पार्नेछु र त्‍यसले इस्राएलीहरूलाई खेद्‌नेछ। तर फारो र त्‍यसको सारा सेनाद्वारा म आफ्‍नो लागि महिमा पाउनेछु, र मिश्रीहरूले म नै परमप्रभु हुँ भनी थाहा पाउनेछन्‌।” तब इस्राएलीहरूले त्‍यसै गरे।