एस्तर पुस्तक परिचय
पुस्तक परिचय
यो पुस्तकका घटना फारसका सम्राटको हिउँदे महलमा घटेका थिए। त्यही महलकी रानी एस्तर यस पुस्तकको केन्द्रिय व्यक्तित्व हुन्। उनी एक यहूदी थिइन्। आफ्नो रूप र गुणको कारणले उनी रानीको स्थानमा पुगिन्। यहूदीहरूको एक भयानक शत्रुले यहूदी जातिलाई काटमार गरी मेटाइदिने षडयन्त्र गर्दा आफ्नो जातिलाई एस्तर महारानीले बचाइन्। त्यही अद्भुत महान् कामको वर्णन नै एस्तरको पुस्तकको मूल विषय हो।
पुरीम भनिने यहूदी पर्वको सुरुवात कसरी भयो भनी हामी एस्तरको कथाबाट थाहा पाउँछौं। यस पुस्तकको लेखकको नाम थाहा हुन सकेको छैन। तर यहूदी राष्ट्र र जातिको विषयमा राम्रो ज्ञान भएको कोही भक्त यहूदीले यो पुस्तक लेखेका थिए भनी हामी अनुमान गर्न सक्छौं। एस्तरको पुस्तकमा परमेश्वरको नाउँ उल्लेख भएको छैन। तरै पनि हामी यहाँ देख्दछौं कसरी परमेश्वरले षडयन्त्रहरू पल्टाउन सक्नुहुन्छ र आफ्नो जनको सुरक्षाको लागि अचम्मको युक्ति निकाल्न सक्नुहुन्छ।
अहिले सेलेक्ट गरिएको:
एस्तर पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012