यहाँ वर्णन गरिएका घटनाहरू अहासूरस राजाको पालामा भएका थिए। उनी त्यही अहासूरस थिए जसले भारतदेखि लिएर कूश देशसम्म एक सय सत्ताईस प्रान्तहरूमाथि राज्य गर्थे। त्यस बेला उनी आफ्नो राजधानी शूशनमा भएको राजसिंहासनबाट राजशासन गर्थे। उनका शासनकालको तेस्रो वर्षमा उनले आफ्ना सबै भारदार र अधिकारीहरूलाई एउटा ठूलो भोज दिए। राजकुमारहरू, फारसी र मादी सेनाका प्रतिष्ठित नायकहरू, र प्रान्त-प्रान्तका मुख्य मानिसहरू उनको सामुन्ने उपस्थित भए। उनले एक सय असी दिनसम्म आफ्ना राज्यका धन-सम्पत्ति र आफ्नो रवाफ र ऐश्वर्य प्रदर्शन गरे।
एस्तर 1 पढ्नुहोस्
सुन्नुहोस् एस्तर 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एस्तर 1:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू