YouVersion लोगो
खोज आइकन

एफिसी 6:19-24

एफिसी 6:19-24 NNRV

मेरो निम्‍ति पनि प्रार्थना गर, कि जब म आफ्‍नो मुख खोल्‍छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्‍य घोषणा गर्न सकूँ, जसको निम्‍ति म साङ्‌लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्‍नुपर्ने हो, त्‍यसरी म साहससँग बोल्‍न सकूँ। म कस्‍तो छु र के गरिरहेछु, ती तिमीहरूलाई पनि थाहा होस्‌ भनेर प्रिय भाइ र प्रभुमा विश्‍वासी सेवक तुखिकसले सबै कुरा तिमीहरूलाई बताउनेछन्‌। हाम्रो हालचाल कस्‍तो छ तिमीहरूलाई थाहा होस्‌ र तिमीहरूका हृदयलाई प्रोत्‍साहन मिलोस्‌ भन्‍ने विचारले मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ। परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट दाजुभाइहरूलाई शान्‍ति र विश्‍वाससहितको प्रेम! हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेम गर्नेहरू सबैसँग अनुग्रह रहोस्‌।