एफिसी 5:1-4

एफिसी 5:1-4 NNRV

यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्‍वरको देखासिकी गर्नेहरू होओ। तिमीहरू प्रेममा चल, जसरी ख्रीष्‍टले पनि हामीहरूसँग प्रेम गर्नुभयो, र परमेश्‍वरको निम्‍ति सुगन्‍धित भेटी र बलिदान भएर आफैलाई हाम्रा निम्‍ति अर्पण गर्नुभयो। तर तिमीहरूका बीचमा व्‍यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत नलिइओस्, जो सन्‍तहरूका बीचमा हुन सुहाउँदैन। कुनै अश्‍लील कुरा, मूर्ख बातचीत अथवा बेफाइदाको ठट्यौली नगर्नू, यी सुहाउने कुरा होइनन्‌। तर बरु धन्‍यवाद दिने काम होस्‌।