YouVersion लोगो
खोज आइकन

एफिसी 1:15-19

एफिसी 1:15-19 NNRV

प्रभु येशूप्रति रहेको तिमीहरूको विश्‍वास र सबै सन्‍तहरूप्रति तिमीहरूका प्रेमको विषयमा मैले सुनेको कारणले नै, मेरो प्रार्थनामा तिमीहरूलाई सम्‍झना गर्दै तिमीहरूका निम्‍ति धन्‍यवाद दिन म थामिन्‍नँ। म प्रार्थना गरिरहन्‍छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्‍मा देऊन्‌। म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्‍यालो होस्, र कुन आशाको निम्‍ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्‍तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्‍पत्ति के हो, सो तिमीहरूले जान्‍न सक। अनि हामी विश्‍वास गर्नेहरूका निम्‍ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्‍न सक। त्‍यो शक्ति उहाँको महान्‌ सामर्थ्‍यको काम नै हो