YouVersion लोगो
खोज आइकन

उपदेशक 9:14-18

उपदेशक 9:14-18 NNRV

एक पल्‍ट थोरै बासिन्‍दा भएको एउटा सानो सहर थियो। त्‍यसलाई शक्तिशाली राजाले आक्रमण गरे। तिनले त्‍यसलाई घेरेर त्‍यसको चारैतिर घेरा-मचान बनाए। त्‍यस सहरमा एउटा गरीब तर बुद्धिमान्‌ मानिस थियो, र त्‍यसले आफ्‍नो बुद्धिले त्‍यो सहर बचायो। तर त्‍यस गरीब मानिसलाई कसैले सम्‍झेन। तब मैले भनें, “बलभन्‍दा बुद्धि श्रेष्‍ठ हो।” तर त्‍यस गरीब मानिसको बुद्धिको अवहेलना भयो, र त्‍यसको वचनको केही वास्‍ता छैन। कराएर भन्‍ने मूर्खहरूको शासकको वचनभन्‍दा बुद्धिमान्‌को नम्र वचनको वास्‍ता गर्नु असल हो। युद्धका हातहतियारभन्‍दा बुद्धि असल हो, तर एउटा पापीले धेरै असल कामलाई सर्वनाश गर्छ।