YouVersion लोगो
खोज आइकन

उपदेशक 6

6
1सूर्यमुनि मैले यस्‍तो एउटा अर्को खराबी देखेको छु, जसले मानिसलाई साह्रै थिचेर लादेको छ। 2परमेश्‍वरले कुनै मानिसलाई धन-सम्‍पत्ति, जग्‍गाजमिन र मान दिनुहुन्‍छ, जसले गर्दा त्‍यसलाई मन लागेको कुनै कुराको अभाव हुँदैन। तर परमेश्‍वरले त्‍यसलाई ती उपभोग गर्न नदिएर एउटा अर्कै मानिसलाई उपभोग गर्न दिनुहुन्‍छ। यो व्‍यर्थ र दु:खदायी खराबी हो।
3कुनै मानिस आफ्‍ना एक सय जना छोराहरू भएर धेरै वर्षसम्‍म बाँच्‍यो, तर त्‍यो धेरै दिनसम्‍म बाँचेर पनि आफ्‍नो उन्‍नतिको उपभोग गर्न पाएन र उचित मृत-संस्‍कार पनि पाएन भने, म भन्‍दछु कि त्‍योभन्‍दा त तुहेको बालकको दशा अझ असल हुन्‍छ। 4यो तुहेको नानी व्‍यर्थमा जन्‍मन्‍छ, र अन्‍धकारमा लोप हुन्‍छ र अन्‍धकारले नै त्‍यसको नाम ढाक्‍दछ। 5यसले कहिल्‍यै घाम देखेको हुँदैन, अथवा केही कुरा जानेको पनि हुँदैन, तापनि त्‍यस मानिसको भन्‍दा यसको विश्राम असल हुन्‍छ। 6यदि त्‍यो मानिस दुई हजार वर्ष बाँचेर पनि आफ्‍नो उन्‍नतिको सुख-भोग गर्न असफल हुन्‍छ भने, त्‍यसलाई के विश्राम हुन्‍छ र? आखिरमा सबै एउटै ठाउँमा जाँदैनन्‌ र?
7मानिसको सारा परिश्रम पेट भर्नलाई मात्र हो, तापनि त्‍यसको भोक कहिल्‍यै मर्दैन। 8बुद्धिमान्‌ मानिसको मूर्खमाथि के फाइदा छ र? अरूहरूका सामु आफूले कस्‍तो व्‍यवहार गर्नुपर्छ भन्‍ने जानेर गरीब मानिसलाई के लाभ हुन्‍छ र? 9आफूसँग जे छ त्‍यसमा सन्‍तुष्‍ट हुनु अरू कुराको लोभ गरिरहनुभन्‍दा असल छ। यो पनि व्‍यर्थ, र बतासलाई खेदेको जस्‍तो मात्र हो।
10जे छँदैछ त्‍यसलाई नाउँ दिइसकेकै छ, र मानिस के हो त्‍यो जानिएकै छ। आफूभन्‍दा बलियोसँग कोही मानिस विरोध गर्न सक्‍दैन। 11जति धेरै कुरा त्‍यति नै कम अर्थ हुन्‍छ। त्‍यसले कसैलाई के लाभ हुन्‍छ र?
12किनकि यस जीवनको छोटो र अर्थहीन अवधिमा, जो मानिसले छायाजस्‍तै बिताउँछ, त्‍यसलाई के कुरो असल छ भनी कसले जान्‍दछ र? त्‍यो मरिगएपछि सूर्यमुनि के हुनेछ भनी त्‍यसलाई कसले भन्‍न सक्‍छ र?

अहिले सेलेक्ट गरिएको:

उपदेशक 6: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्