यदि तिमीले एउटा जिल्लामा गरीबहरूको अत्याचार भएको र तिनीहरूका न्याय र हक इन्कार भएको देख्यौ भने अचम्म नमान, किनभने हरेक अधिकारीमाथि अझ ठूलो अधिकारी खटाइएको हुन्छ, र तीभन्दा अझै ठूला अधिकारीहरूले तिनीहरूमाथि हेर-विचार गर्दछन्। जमिनबाट उब्जेका सबैले लिन्छन्, राजा स्वयम्ले खेतबाटै लाभ उठाउँछन्। जसले रुपियाँपैसाको माया गर्छ, त्यसलाई रुपियाँपैसाले कहिल्यै पुग्दैन। जसले धन-सम्पत्तिको माया गर्छ, त्यो आफ्नो आमदानीसँग कहिल्यै सन्तुष्ट हुँदैन। यो पनि व्यर्थ हो। जब धन-सम्पत्ति बढ्छ, तब खाने मुख पनि धेरै बढ्छ। अनि ती हेर्नुबाहेक मालिकलाई धन-सम्पत्तिको अरू के लाभ हुन्छ र? परिश्रम गर्नेको निद्रा मीठो हुन्छ, चाहे त्यसले थोरै खाओस् अथवा धेरै, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन। मैले सूर्यमुनि एउटा दु:खदायी खराबी देखेको छु। मालिकले आफ्नै नोक्सानीको निम्ति धन-सम्पत्ति थुपारेको, अथवा कुनै दुर्भाग्यले त्यसले आफ्नो धन-सम्पत्ति गुमाएको थियो, र जब त्यसको छोरा भयो उसको निम्ति केही रहेन। मानिस आमाको गर्भबाट नाङ्गै आउँछ, र जसरी आउँछ, त्यसरी नै त्यो फर्किजान्छ। त्यसले आफ्नो परिश्रमबाट आफ्नो हातमा लान सक्ने केही लैजाँदैन। यो पनि एउटा दु:खदायी खराबी हो। मानिस जसरी आउँछ, त्यसरी नै फर्किजान्छ। त्यसलाई के लाभ हुन्छ र? किनभने त्यसको परिश्रम हावामै खेर जान्छ। त्यसले आफ्नो सारा जीवनकाल ठूलो नैराश्य, कष्ट, रीसराग र अन्धकारमा बिताउँछ। तब मैले यो थाहा गरें कि परमेश्वरले दिनुभएको यस जीवनको छोटो अवधिमा सूर्यमुनि खानु, पिउनु र आफ्नो घोर परिश्रममा सन्तुष्टि खोज्नु नै मानिसको निम्ति असल र ठीक रहेछ, किनकि यो नै त्यसको भाग हो। यसबाहेक जब परमेश्वरले कुनै मानिसलाई धन-सम्पत्ति र जग्गाजमिन, र ती उपभोग गर्ने मौका दिनुहुन्छ, र त्यसलाई आफ्नो भाग ग्रहण गर्न र आफ्नो काममा खुशी रहन दिनुहुन्छ— यो परमेश्वरको वरदान हो। त्यसले आफ्नो जीवनका दिनहरूको थोरै स्मरण गर्नेछ, किनभने परमेश्वरले त्यसलाई आफ्नो हृदयको आनन्दमा व्यस्त राख्नुहुनेछ।
उपदेशक 5 पढ्नुहोस्
सुन्नुहोस् उपदेशक 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उपदेशक 5:8-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू