YouVersion लोगो
खोज आइकन

उपदेशक 1:9-11

उपदेशक 1:9-11 NNRV

जे भएको छ त्‍यो फेरि हुनेछ, र जे गरिएको छ त्‍यो फेरि गरिनेछ। सूर्यमुनि कुनै कुरा नयाँ छैन। के कुनै कुरो छ, जसको बारेमा कसैले भन्‍न सक्‍छ, “हेर त, यो त नयाँ कुरो हो”? त्‍यो त पहिलेदेखि नै यहाँ थियो, हाम्रो पालोभन्‍दा उहिले नै। प्राचीन कालका मानिसहरूको केही सम्‍झना रहँदैन, अनि ती जुन अझ आउनेवालाहरू छन्, उनीहरूभन्‍दा पछि आउनेहरूले उनीहरूको सम्‍झना गर्नेछैनन्‌।