उपदेशक 1:9-10

उपदेशक 1:9-10 NNRV

जे भएको छ त्‍यो फेरि हुनेछ, र जे गरिएको छ त्‍यो फेरि गरिनेछ। सूर्यमुनि कुनै कुरा नयाँ छैन। के कुनै कुरो छ, जसको बारेमा कसैले भन्‍न सक्‍छ, “हेर त, यो त नयाँ कुरो हो”? त्‍यो त पहिलेदेखि नै यहाँ थियो, हाम्रो पालोभन्‍दा उहिले नै।