YouVersion लोगो
खोज आइकन

व्यवस्था 34

34
मोशाको मृत्यु
1त्‍यसपछि मोशा मोआबको मैदानबाट यरीहोको सामुन्‍ने भएको नेबो डाँड़ाको पिसगाको टाकुरामा उक्‍ले। परमप्रभुले तिनलाई समस्‍त देश देखाउनुभयो— गिलाददेखि दानसम्‍म, 2समस्‍त नप्‍ताली, एफ्राइम र मनश्‍शेको देश, पश्‍चिमको समुद्रसम्‍मको यहूदाको समस्‍त देश, 3नेगेव भनिने दक्षिण देश र खजूरका रूखहरू भएको सहर यरीहोको बेँसीदेखि सोअरसम्‍म। 4तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “‘तेरा भावी सन्‍तानलाई दिनेछु’ भनी मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देश यही हो। मैले तँलाई यो तेरै आँखाले हेर्न दिएँ, तर तँ त्‍यहाँ जान पाउनेछैनस्‌।” #उत १२:७; २६:३; २८:१३
5तब परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे। 6मोआब देशमा बेथ-पोरको सामुन्‍ने एउटा बेँसीमा उहाँले तिनलाई गाड्‌नुभयो। तर आजसम्‍म कसैलाई तिनको चिहान थाहा छैन। 7मोशाको मृत्‍यु हुँदा तिनी एक सय बीस वर्षका थिए। तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन। 8मोआबको मैदानमा इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्‍म विलाप गरे। यसरी मोशाको लागि शोक र विलाप गर्ने दिन पूरा भए।
9अब नूनका छोरा यहोशू बुद्धिको आत्‍माले परिपूर्ण थिए, किनकि मोशाले आफ्‍ना हात तिनीमाथि राखेका थिए।
तसर्थ, तिनको कुरा इस्राएलीहरूले सुने, र परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे।
10त्‍यस समयदेखि इस्राएलीहरूमा मोशाजस्‍तो कोही अगमवक्ता खड़ा भएको छैन, जसलाई परमप्रभुले मुखामुख चिन्‍नुहुन्‍थ्‍यो। #प्रस ३३:११ 11तिनैलाई मिश्रमा फारो र उनका सबै अधिकारीहरूकहाँ उनको समस्‍त देशमा आश्‍चर्य चिन्‍ह र अचम्‍मका कामहरू देखाउनलाई परमप्रभुले पठाउनुभयो। 12किनकि समस्‍त इस्राएलीहरूको दृष्‍टिमा मोशाले गरेका भयानक कामहरू वा तिनको प्रबल शक्ति अरू कसैले कहिल्‍यै देखाएको छैन।

अहिले सेलेक्ट गरिएको:

व्यवस्था 34: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्