YouVersion लोगो
खोज आइकन

व्यवस्था 14

14
शुद्ध र अशुद्ध खानेकुरा
1तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका सन्‍तान हौ। मृतकहरूका लागि तिमीहरूले आफ्‍नो शरीरमा घाउ नपार्नू, शिरको अगाड़िको भाग नखौरनू। #लेवी १९:२८; २१:५ 2किनकि तिमीहरू त परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि एक पवित्र जाति हौ। परमप्रभुले पृथ्‍वीमा भएका समस्‍त मानिसजातिबाट तिमीहरूलाई नै आफ्‍नो अमूल्‍य सम्‍पत्ति हुनलाई चुन्‍नुभएको छ। #प्रस १९:५-६; व्‍य ४:२०; ७:६; २६:१८; तीत २:१४; १ पत्र २:९
3तिमीहरूले कुनै घृणित थोक नखानू। #लेवी ११:१-४७ 4तिमीहरूले खानु हुने पशुहरू यी नै हुन्‌: गोरु, भेड़ा, बोका, 5मृग, हरिण, बराँठ, जङ्गली बोका, पहाड़ी बोका, चित्तल र पहाड़ी भेड़ा। 6पशुहरूमध्‍ये दुई भागमा खुर चिरिएका र उग्रनेलाई तिमीहरूले खानुहुन्‍छ। 7तर उग्रने र पूरै खुर चिरिएकाहरूमा यी नखानू— ऊँट, खरायो, शापान— किनकि यिनीहरू उग्रन्‍छन्‌ तर यिनीहरूका खुर चिरिएका हुँदैनन्‌। यी तिमीहरूका लागि विधिपूर्वक अशुद्ध हुन्‌। 8सुँगुर पनि अशुद्ध हुन्‍छ, किनकि त्‍यसको खुर चिरिएको त हुन्‍छ तर त्‍यसले उग्रँदैन। ती तिमीहरूका लागि अशुद्ध हुन्‌। तिनीहरूको मासु नखानू, तिनीहरूको सिनु नछुनू।
9पानीमा हुनेमध्‍ये पखेटा र कत्‍ला भएका तिमीहरूले खानु हुन्‍छ। 10तर पखेटा र कत्‍ला नहुने तिमीहरूले नखानू। ती तिमीहरूका लागि अशुद्ध हुन्‌।
11तिमीहरूले कुनै पनि शुद्ध पक्षी खानु हुन्‍छ। 12तर तिमीहरूले खानु नहुनेचाहिँ यी नै हुन्‌: गरुड, गिद्ध र कालो गिद्ध, 13सबै थरीका रातो चील, र कालो चील, 14सबै थरीका काग, 15ठूलो लाटोकोसेरो, कराउने लाटोकोसेरो, र समुद्री चरो, सबै थरीका बाज, 16सानो लाटोकोसेरो, भुल्‍का, सेतो लाटोकोसेरो, 17मरुभूमीको लाटोकोसेरो, माछा खाने चील, जल कौवा, 18सारस, हरथरीका बकुल्‍ला, फाप्रेचरो र चमेरो।
19बथान-बथानमा उड्‌ने सबै कीरा तिमीहरूका लागि अशुद्ध हुन्‌। ती नखानू। 20तर पखेटा भएका सबै शुद्ध प्राणी तिमीहरूले खानु हुन्‍छ।
21जे मरिसकेको भेट्टाउँछौ, त्‍यो तिमीहरूले नखानू। तिमीहरूका सहरमा बस्‍ने परदेशीलाई त्‍यो दिन सक्‍छौ, र त्‍यसले त्‍यो खाए हुन्‍छ, अथवा त्‍यो तिमीहरूले कुनै विदेशीलाई बेच्‍न सक्‍छौ। तर तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि एक पवित्र जाति हौ। #प्रस २३:१९; ३४:२६
बाख्राको पाठो माउको दूधमा नपकाउनू।
विधिपूर्वक दशांश दिने निर्देशन
22हरेक साल खेतमा उम्रने उब्‍जनीबाट तिमीहरूले दशांश अलग राख्‍न नभुल्‍नू। #लेवी २७:३०-३३; गन्ती १८:२१ 23जुन स्‍थानमा परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँको वासस्‍थानको निम्‍ति छान्‍नुहुन्‍छ, त्‍यहीँ आफ्‍ना अन्‍न, दाखमद्य र तेलको दशांश र आफ्‍ना गाईबस्‍तु र भेड़ाबाख्राका पहिले बियाएका बच्‍चा उहाँको सामुन्‍ने खानू। यसरी नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको भय सधैँ मान्‍न सिक्‍नेछौ। #१ कोर ९:७ 24तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएको छ, र तिमीहरूले आफ्‍नो दशांश बोकेर लैजान सक्‍दैनौ, किनकि तिमीहरूको दशांश लैजानलाई उहाँले चुन्‍नुभएको आफ्‍नो नाउँको वासस्‍थान साह्रै टाढ़ा छ भने, 25आफ्‍नो दशांश बेची पैसा आफ्‍नो हातमा लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरले चुन्‍नुभएको स्‍थानमा जानू। 26आफ्‍नो इच्‍छाअनुसार गाईबस्‍तु, भेड़ा, दाखमद्य वा अरू मद्य, जे भए पनि, त्‍यही पैसाले किनेर आफ्‍नो परिवारसहित तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खाएर आनन्‍द मनाउनू। 27तिमीहरूका सहरमा बस्‍ने लेवीहरूलाई नबिर्सनू, किनकि तिनीहरूका आफ्‍ना केही हिस्‍सा वा अंश हुँदैन।
28प्रत्‍येक तीन वर्षको अन्‍तमा वर्ष-वर्षको उब्‍जनीको सबै दशांश सहरको ढुकुटीमा थन्‍क्‍याउनू, 29के तिमीहरूसित सहरमा बस्‍ने केही हिस्‍सा वा अंश नहुने लेवीहरू, र परदेशी, टुहुरा-टुहुरी र विधवाहरू आएर अघाउञ्‍जेल खाऊन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्।

अहिले सेलेक्ट गरिएको:

व्यवस्था 14: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्