YouVersion लोगो
खोज आइकन

व्यवस्था 11

11
परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको आज्ञाकारी हुने अर्ती
1परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर, र उहाँका आदेश, विधिविधान र आज्ञाहरू सधैँ पालन गर। 2आज याद राख, तिमीहरूले परमप्रभुको जुन अनुशासन अनुभव गर्‍यौ र देख्‍यौ सो तिमीहरूका छोराछोरीहरूले जानेका छैनन्‌। उहाँको राजप्रताप, उहाँको शक्तिशाली हात र पसारिएको पाखुरा त तिमीहरूले देखेकै छौ। 3मिश्रकै माझमा, मिश्रका राजा फारो र उनका सारा देशभरि उहाँले देखाउनुभएका चिन्‍ह र कार्यहरू तिमीहरूलाई थाहै छ। #प्रस ७:८—१२:१३ 4मिश्रका सेना, घोड़ाहरू र रथहरूले तिमीहरूलाई खेद्‌दा परमप्रभुले लाल समुद्रको पानीले उनीहरूलाई डुबाएर सदाको लागि सखाप पार्नुभएको कुरो पनि तिमीहरू जान्‍दछौ। #प्रस १४:२८ 5यस ठाउँमा आई नपुगुञ्‍जेल उजाड़-स्‍थानमा उहाँले के-के गर्नुभयो सो देख्‍ने तिमीहरूका छोराछोरी होइनन्‌। 6कसरी रूबेनवंशी एलीआबका छोराहरू दातान र अबीरामलाई धरतीले आफ्‍नो मुख बाएर तिनीहरूका घरानाहरू, पालहरू र तिनका सबै जीवित बस्‍तुसमेत सारा इस्राएलकै सामुन्‍ने निलिदिएको पनि तिमीहरूलाई थाहा छ। #गन्ती १६:३१-३२ 7तिमीहरूले आफ्‍नै आँखाले परमप्रभुले गर्नुभएका यी सबै महान्‌ कार्यहरू देखेका छौ।
8यसकारण जति आज्ञा आज म तिमीहरूलाई दिँदैछु ती सबै मान, ताकि तिमीहरू बलिया भएर यर्दन तरी अधिकार गर्नुपर्ने देशलाई आफ्‍नो बनाउन सक। 9अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खासँग तिनीहरू र तिनीहरूका सन्‍तानलाई दिने प्रतिज्ञा गर्नुभएको प्रशस्‍त दूध र मह बग्ने देशमा तिमीहरूको आयु लामो होस्‌। 10तिमीहरूले जुन देश अधिकार गर्न लागेका छौ त्‍यो देश तिमीहरू निस्‍केर आएको मिश्रजस्‍तो छैन, जहाँ बीउ छरेर तिमीहरूले सागबारीमा झैँ खुट्टाले पानी हाल्‍नुपर्थ्‍यो। 11तर तिमीहरू अधिकार गर्न यर्दन पारि गइरहेको देशचाहिँ डाँड़ा र बेँसीहरूको देश हो, जहाँ आकाशको पानीले जमिन भिजाउँछ। 12त्‍यस देशको रेखदेख परमप्रभु परमेश्‍वरले नै गर्नुहुन्‍छ। सालको सुरुदेखि सालको अन्‍तसम्‍मै परमप्रभु तिमीहरूका परमेश्‍वरको नजर त्‍यसमाथि रहिरहन्‍छ।
13यसकारण मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू विश्‍वासयोग्‍यतापूर्वक मानेर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्‍यौ भने र आफ्‍नो सारा हृदय र प्राणले उहाँको सेवा गर्‍यौ भने, #लेवी २६:३-५; व्‍य ७:१२-१६; २८:१-१४ 14म ऋतुअनुसार शरद्‌ र बसन्‍तका वर्षाहरू दिनेछु, ताकि तिमीहरूका अन्‍न, नयाँ दाखमद्य र तेल बटुल्‍न सक। 15म तिमीहरूका गाईबस्‍तुका लागि पनि खर्कमा घाँस दिनेछु, र तिमीहरू खाएर सन्‍तुष्‍ट हुनेछौ।
16यसैले होशियार रहो, नत्रता तिमीहरू तर्केर अरू देवताहरूको सेवा र पूजा गरौला, 17अनि परमप्रभुको क्रोध तिमीहरूका विरुद्धमा दन्‍कनेछ, र वर्षा नहोस्‌ र जमिनले आफ्‍नो उब्‍जनी नदेओस्‌ भनी उहाँले आकाशको झरी नै बन्‍द गरिदिनुहुनेछ, र परमप्रभुले तिमीहरूलाई दिने त्‍यो असल देशदेखि तिमीहरू छिट्टै नष्‍ट भइहाल्‍नेछौ। 18तिमीहरूले मेरा यी वचनहरू आफ्‍ना मन र हृदयमा राख। ती आफ्‍ना हातमा र निधारमा चिन्‍हहरू स्‍वरूप बाँध। 19आफ्‍नो घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍कँदा र उठ्‌दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्‍ना छोराछोरीहरूलाई सिकाओ। 20आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा ती लेख, #व्‍य ६:६-९ 21ताकि परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्‍तानहरू पृथ्‍वीमाथि आकाश रहुञ्‍जेल चिरायु होऊन्‌।
22परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्‌न र उहाँलाई समातिराख्‍न भनी मैले तिमीहरूलाई मान्‍नलाई दिएका यी सबै आज्ञा तिमीहरूले होशियारीसाथ पालन गर्‍यौ भने, 23परमप्रभुले यी सबै जातिलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनुहुनेछ, र तिमीहरूभन्‍दा ठूला र सामर्थी जातिहरूलाई तिमीहरूले हराउनेछौ। 24तिमीहरूका पाइलाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ: उजाड़-स्‍थानदेखि लेबनानसम्‍म, र महानदी यूफ्रेटिसदेखि पश्‍चिमको समुद्रसम्‍मै#11:24 अर्थात्‌ भूमध्यसागरसम्मै तिमीहरूको सिमाना हुनेछ। #यहो १:३-५ 25तिमीहरूका सामु कोही पनि टिक्‍न सक्‍नेछैन। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएअनुसार तिमीहरू जहीँ गए पनि समस्‍त देशमा तिमीहरूको भय र त्रास भरिदिनुहुनेछ।
26हेर, आज म तिमीहरूका सामु आशिष्‌ र अभिशाप राख्‍दैछु। 27मैले आज तिमीहरूलाई आदेश दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने आशिष्‌ पाउनेछौ। 28र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू नमानेर तिमीहरूले नजानेका अन्‍य देवताहरूका पछि लागेर मैले आज आदेश गरेका मार्गबाट तर्क्‍यौ भने तिमीहरूले सराप पाउनेछौ। 29जब परमप्रभु तिमीहरूका आफ्‍ना परमेश्‍वरले तिमीहरू प्रवेश गर्ने देशमा तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँड़ामाथि र अभिशापचाहिँ एबाल डाँड़ामाथि घोषणा गर्नू। #व्‍य २७:११-१४; यहो ८:३३-३५ 30तिमीहरूलाई थाहै छ कि यी डाँड़ाहरू यर्दनको पारी, सड़कको पश्‍चिमपट्टि, घाम अस्‍ताउने दिशातिर, अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेको ठूला वृक्षहरूका छेउमा छन्‌। 31तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गर्न यर्दन पारि जान लागेका छौ। जब तिमीहरू त्‍यस ठाउँलाई अधिकार गरी त्‍यहाँ बसिरहेका हुनेछौ, 32तब मैले आज तिमीहरूका सामुन्‍ने राखेका यी सबै विधिविधानहरू पालन गर्न ख्‍याल राख।

अहिले सेलेक्ट गरिएको:

व्यवस्था 11: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्