YouVersion लोगो
खोज आइकन

दानिएल 1:3-7

दानिएल 1:3-7 NNRV

तब राजाले प्रवासमा लगिएका इस्राएलीहरूमध्‍येबाट राजकीय खानदान र सभ्‍य खानदानका केही जवान मानिसहरू छान्‍नू भनी तिनका प्रमुख अधिकृत अशपेनजलाई हुकुम गरे। ती जवान मानिसहरू कुनै शारीरिक खोट नभएका, सुन्‍दर, हरकिसिमका शिक्षा सिक्‍ने क्षमता भएका, ज्ञानले परिपूर्ण भएका, छिटो सिक्‍न सक्‍ने र राजदरबारमा सेवा गर्नलाई योग्‍य हुनुपर्थ्‍यो। अशपेनजले उनीहरूलाई बेबिलोनीहरूका भाषा र साहित्‍य सिकाउनुपर्थ्‍यो। राजाले उनीहरूलाई राजदरबारमा खाने गरेका दैनिक खाना र दाखमद्य दिनू भनी अशपेनजलाई हुकुम गरे। उनीहरूलाई तीन वर्षसम्‍म तालीम दिनुपर्थ्‍यो, र त्‍यसपछि उनीहरू राजाको सेवामा प्रवेश गर्नुपर्थ्‍यो। यीमध्‍ये कोही यहूदाका कुलका थिए: दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह। प्रमुख अधिकृतले तिनीहरूलाई नयाँ नाउँ दिए— दानिएललाई बेलतसजर, हनन्‍याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्‌नगो।