सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरहो। हाम्रा निम्ति पनि प्रार्थना गर, ताकि ख्रीष्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदेऊन्, जसको निम्ति म थुनामा परेको छु, र मैले बोल्नुपर्ने वचन खुलस्त पार्न सकूँ। समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्यवहार गर। नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।
कलस्सी 4 पढ्नुहोस्
सुन्नुहोस् कलस्सी 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कलस्सी 4:2-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू