YouVersion लोगो
खोज आइकन

कलस्सी 2:4-15

कलस्सी 2:4-15 NNRV

म यो भन्‍दछु, कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्‌। किनकि शरीरमा म अनुपस्‍थित भए तापनि आत्‍मामा त म तिमीहरूसँगै छु, र तिमीहरूका सुव्‍यवस्‍था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको स्‍थिरतामा म रमाउँदछु। यसकारण जसरी ख्रीष्‍टलाई तिमीहरूले ग्रहण गर्‍यौ, त्‍यसरी नै उहाँमा जीवन बिताओ। धन्‍यवाद दिनमा प्रशस्‍त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्‍वासमा दह्रिला भएका होओ। ध्‍यान देओ, कि कसैले दर्शनशास्‍त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्‍टकाअनुसार होइनन्, तर मानिसको परम्‍परा र विश्‍वका आधारभूत सिद्धान्‍तहरूमाथि अड़िएका हुन्‍छन्‌। किनकि ख्रीष्‍टमा ईश्‍वरत्‍वको सारा परिपूर्णता शरीरमा वास गर्दछ, र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्‍त शासन र अधिकारको शिर हुनुहुन्‍छ। ख्रीष्‍टको खतनामा पापमय स्‍वभावको देहलाई त्‍यागेर हातविना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो। बप्‍तिस्‍मामा तिमीहरू उहाँसँग गाडिएका थियौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्‍वरको कार्यमा विश्‍वास राख्‍नाले यही बप्‍तिस्‍मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियौ। तिमीहरू आफ्‍ना अपराध र शरीरअनुसार बेखतनामा मरेका थियौ, तर परमेश्‍वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो, र हाम्रो विरुद्धमा रहेको तमसुक र त्‍यसका सबै कानूनी दाबीहरूलाई क्रूसमा कीला ठोकी रद्द गरिदिनुभयो। उहाँले प्रधानताहरू र शक्तिहरूलाई नि:शस्‍त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्‍त गर्नुभयो, र तिनलाई खुल्‍लमखुल्‍ला तमाशा बनाइदिनुभयो।