YouVersion लोगो
खोज आइकन

आमोस 2:6-7

आमोस 2:6-7 NNRV

परमप्रभु यसो भन्‍नुहुन्‍छ: “इस्राएलका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। तिनीहरूले धर्मात्‍माहरूलाई चाँदीमा र दरिद्रहरूलाई एक जोर जुत्तामा बेच्‍छन्‌। तिनीहरू गरीबहरूका टाउकामाथि भूमिको धूलोमा गरेझैँ कुल्‍चन्‍छन्, र पीडितहरूको न्‍यायलाई नामन्‍जूर गर्दछन्‌। बुबा र छोरो एउटै तरुणीकहाँ गएर मेरो पवित्र नाउँ अपवित्र पार्छन्‌।