YouVersion लोगो
खोज आइकन

प्रेरित 9:10-12

प्रेरित 9:10-12 NNRV

दमस्‍कसमा हननिया नाउँ भएका एक जना चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्‍नुभयो, “ए हननिया।” तिनले भने, “प्रभु, हाजिर छु।” तब प्रभुले तिनलाई भन्‍नुभयो, “उठ, र ‘सीधा’ नामक गल्‍लीमा जाऊ, र त्‍यहाँ यहूदाको घरमा शाऊल नाउँ भएका टार्सस-निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्‌। तिनले दर्शनमा हननिया नाउँ भएका एक जना मानिस भित्र आएर तिनले दृष्‍टि पाऊन्‌ भनेर आफूमाथि उनका हात राखेका देखेका छन्‌।”

Video for प्रेरित 9:10-12