प्रेरित 8:4-13

प्रेरित 8:4-13 NNRV

तब ती छरपष्‍ट भएकाहरूले चारैपट्टि गएर वचन प्रचार गरे। फिलिपचाहिँ सामरियाको एउटा सहरमा गएर तिनीहरूलाई ख्रीष्‍ट प्रचार गरे। फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्‍हहरू देखेर, भीड़ले एक मनका भई तिनका कुरामा ध्‍यान दिए। किनकि धेरै जनाबाट अशुद्ध आत्‍माहरू ठूलो सोरले चिच्‍च्‍याउँदै निस्‍कन लागे, र धेरै जना पक्षाघातका रोगीहरू र लङ्गड़ाहरू पनि निको पारिए। यसरी त्‍यस सहरमा ज्‍यादै आनन्‍द भयो। सिमोन नाउँ भएको एक जना मानिस त्‍यहाँ थियो। त्‍यसले अगाडिदेखि नै त्‍यस सहरमा जादूगरी गरेर सामरियाका मानिसहरूलाई आश्‍चर्यचकित पारेको थियो, र आफूलाई मै हुँ भनी ठान्‍दथियो। त्‍यस मानिसलाई सानादेखि ठूलासम्‍म सबैले यसो भनेर मान्‍थे, “यो मानिस परमेश्‍वरको त्‍यो शक्ति हो, जसलाई महाशक्ति भनिन्‍छ।” तिनीहरूले त्‍यसलाई मान्‍थे, किनभने धेरै समयदेखि त्‍यसले आफ्‍नो जादूगरीले मानिसहरूलाई आश्‍चर्यचकित पारिराखेको थियो। तर जब तिनीहरूले परमेश्‍वरको राज्‍य र येशू ख्रीष्‍टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्‍वास गरे, तब पुरुष र स्‍त्रीहरूले बप्‍तिस्‍मा लिए। सिमोन आफैले पनि विश्‍वास गर्‍यो। त्‍यसले बप्‍तिस्‍मा लियो, र त्‍यो फिलिपसँग लागिरह्यो, र चिन्‍हहरू र ठूला-ठूला अचम्‍मका काम गरेको देखेर त्‍यसलाई आश्‍चर्य लाग्‍यो।

प्रेरित 8:4-13 को लागि भिडियो