त्यसपछि प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठेर दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ। त्यहाँ मरुभूमिको बाटो छ।” अनि फिलिप उठेर गए, र एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका ठूला पदाधिकारी र समस्त सम्पत्तिका कोषाध्यक्ष थिए। उनी यरूशलेममा आराधना गर्न गएका थिए। उनी फर्किरहेका थिए, र आफ्नो रथमा बसी यशैया अगमवक्ताको पुस्तक पढ़िरहेका थिए। तब पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “जाऊ र त्यस रथको साथ लाग।” फिलिप तिनीकहाँ दौड़ेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्तक पढ़िरहेको सुनेर उनले सोधे, “तपाईंले पढ़िरहनुभएको कुरा बुझ्नुहुन्छ?” तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्न सक्छु र?” अनि तिनले फिलिपलाई रथमा चढ़ी तिनको साथमा बस्ने अनुरोध गरे। अब तिनले पढ़िरहेका धर्मशास्त्रको खण्ड यो थियो, “जसरी भेड़ा काटिनलाई लगिन्छ, वा थुमा ऊन कत्रनेको सामु चूप रहन्छ, त्यसरी नै उसले आफ्नो मुख खोलेन। उसको अपमानित अवस्थामा उसलाई न्याय मिलेन। उसको पुस्ताको बयान कसले गर्ने? किनभने उसको जीवन पृथ्वीबाट हरण भयो।” तब ती नपुंसकले फिलिपलाई भने, “कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्नै विषयमा कि अरू कसैको विषयमा?” तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए। अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ?” [ फिलिपले भने, “यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए “येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु।”] तिनले रथ रोक्ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्तिस्मा दिए। तर जब उनीहरू पानीबाट बाहिर उक्लिआए, तब प्रभुका आत्माले फिलिपलाई पक्रेर लैजानुभयो, र ती नपुंसकले उनलाई फेरि देखेनन्, र ती रमाउँदै आफ्नो बाटो लागे। तर फिलिप अश्दोदमा देखा परे, र कैसरिया नपुगुञ्जेल सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए।
प्रेरित 8 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 8
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 8:26-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू