प्रेरित 4:23-28

प्रेरित 4:23-28 NNRV

छुटकारा पाएर तिनीहरू आफ्‍ना साथीहरूकहाँ आए, र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले भनेका सबै कुराहरू उनीहरूलाई बताइदिए। जब तिनीहरूले यो सुने, तब तिनीहरूले एकसाथ परमेश्‍वरतिर आफ्‍ना सोर उचाली भने, “हे प्रभु, जसले स्‍वर्ग, पृथ्‍वी, समुद्र र तिनमा भएका यावत्‌ थोक बनाउनुभयो, जसले पवित्र आत्‍माद्वारा आफ्‍ना सेवक हाम्रा पुर्खा दाऊदका मुखबाट भन्‍नुभयो, ‘अन्‍यजातिहरू किन झोकिए, र मानिसहरूले व्‍यर्थका कुराहरू किन कल्‍पना गरे? परमप्रभुको विरुद्धमा र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्‍वीका राजाहरू खड़ा भए, र शासकहरू एकसाथ भेला भए।’ किनभने साँच्‍चै तपाईंले अभिषेक गर्नुभएका, तपाईंका पवित्र सेवक येशूको विरुद्धमा हेरोद र पन्‍तियस पिलातस दुवै जना, अन्‍यजाति र इस्राएलीहरूसँग यसै सहरमा भेला भएका थिए। त्‍यही गर्नलाई जे तपाईंको बाहुलीबाट र तपाईंको योजनाअनुसार अघिबाटै ठहराइएको थियो।

प्रेरित 4:23-28 को लागि भिडियो