“यसकारण, हे राजा अग्रिपास, स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ। तर पहिले दमस्कसमा, तब यरूशलेममा र सारा यहूदिया देशभरि रहनेहरूलाई, र अन्यजातिहरूलाई पनि पश्चात्ताप गरेर परमेश्वरतिर फर्क र आफ्ना पश्चात्ताप योग्यका काम गर भनेर मैले प्रचार गरें। यसैकारण यहूदीहरूले मलाई मन्दिरमा पक्रेर मार्ने चेष्टा गरे। आजको दिनसम्म परमेश्वरबाट मैले सहायता पाएको छु। यसैले साना ठूला दुवैलाई गवाही दिँदै म यहाँ खड़ा भएको छु। अगमवक्ताहरूले र मोशाले बोलेका वचन अवश्य पूरा हुनेछन् भन्ने कुराबाहेक मैले अरू केही भनेको छैनँ— उनीहरूले भनेका थिए कि ख्रीष्टले दुःख भोग्नैपर्छ, र मृतकबाट जीवित हुनुभएको पहिलो भएर उहाँले आफ्ना जाति र अन्यजातिहरूलाई ज्योतिको घोषणा गर्नुहुनेछ।” तिनले आफ्नो बचाउका यी कुराहरू बोलिरहेकैमा फेस्तसले ठूलो स्वरमा भने, “ए पावल, तँ बौलाहा होस्, तेरो धेरै विद्याले तँलाई बौलाहा तुल्याएको छ।” तर पावलले भने, “अति आदरणीय फेस्तस, म बौलाहा होइनँ, तर सत्य र सुबुद्धिका कुराहरू बोल्दछु। किनकि राजा स्वयम्ले यी कुराका विषयमा जान्नुहुन्छ, जसको सामुन्ने म निर्धक्कसँग बोल्दैछु। किनकि यी कुनै कुरा उहाँबाट छिपेको छैन, किनकि यो कुरा गुपचूपमा गरिएको होइन। राजा अग्रिपास, के हजूरले अगमवक्ताहरूमाथि विश्वास गर्नुहुन्छ? म जान्दछु, हजूरले विश्वास गर्नुहुन्छ।” अग्रिपासले पावललाई भने, “के थोरै समयमा तिमी मलाई ख्रीष्टियान बनाउन चाहन्छौ?” पावलले जवाफ दिए, “थोरै समयमा होस् कि धेरैमा यी साङ्लाहरू छोड़ेर, हजूर मात्र होइन तर आज मेरो कुरा सुन्ने जति सबै मजस्तै होऊन् भनी म परमेश्वरमा प्रार्थना गर्छु।” तब राजा, हाकिम, बरनिकी र त्यहाँ बस्नेहरू जति सबै उठे। तब तिनीहरू निस्केपछि आपसमा यसो भन्दै कुरा गरे, “यस मानिसले प्राणदण्ड पाउने अथवा कैद जाने माफिकको केही काम गरेको छैन।” अग्रिपासले फेस्तसलाई भने, “यसले कैसरकहाँ अपिल नगरेको भए त यस मानिसलाई छोडिदिए पनि हुनेथियो।”
प्रेरित 26 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 26
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 26:19-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू