YouVersion लोगो
खोज आइकन

प्रेरित 2:22-36

प्रेरित 2:22-36 NNRV

“इस्राएलका मानिस हो, यी कुरा सुन्‍नुहोस्, नासरतका येशू यस्‍ता व्‍यक्ति हुनुहुन्‍थ्‍यो, जसलाई परमेश्‍वरले शक्तिशाली कामहरू, अचम्‍मका कामहरू र चिन्‍हहरूद्वारा तपाईंहरूका सामुन्‍ने प्रमाणित गर्नुभयो। तपाईंहरूलाई थाहै छ कि परमेश्‍वरले तपाईंहरूका बीचमा यी कामहरू उहाँद्वारा गर्नुभएको हो। परमेश्‍वरले ठहराउनुभएको निश्‍चित योजना र पूर्वज्ञानअनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो। उहाँलाई परमेश्‍वरले मृत्‍युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो। किनकि मृत्‍युको अधीनमा उहाँ भइरहनु असम्‍भव थियो, किनकि दाऊदले उहाँको विषयमा भन्‍दछन्, ‘मैले प्रभुलाई सधैँ मेरो सामने देखें, किनभने म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिनेतर्फ हुनुहुन्‍छ। यसकारण मेरो हृदय आनन्‍दित र मेरो जिब्रो हर्षित भयो। यसबाहेक मेरो शरीरले पनि आशामा जिउनेछ। किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्‌नुहुनेछैन, न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईंले मलाई जीवनको मार्गहरू बताउनुभयो, तपाईंले मलाई आफ्‍नो उपस्‍थितिद्वारा आनन्‍दले गद्‌गद्‌ पार्नुहुनेछ।’ “भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा म तपाईंहरूलाई निश्‍चयतासाथ भन्‍न सक्‍छु, कि उनी मरे र गाडिए, अनि आजको दिनसम्‍म उनको चिहान छँदैछ। यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्‍दथिए कि परमेश्‍वरले शपथ खानुभएको थियो कि उनकै सन्‍तानबाट उनको सिंहासनमा एक जनालाई परमेश्‍वरले बसाल्‍नुहुनेछ। अघिबाटै यो देखेर उनले ख्रीष्‍टको पुनरुत्‍थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो। यिनै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो। यस कुराका हामी सबै साक्षी छौं। यसैकारण परमेश्‍वरको दाहिने बाहुलीपट्टि उहाँ उच्‍च पारिनुभयो, र पिताबाट पवित्र आत्‍माको प्रतिज्ञा पाउनुभयो, र उहाँले यो खन्‍याइदिनुभएको हो, जे तपाईंहरू देख्‍नु र सुन्‍नुहुन्‍छ। किनकि दाऊद त स्‍वर्गमा चढ़ेनन्, तर उनी आफैले भन्‍दछन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस जबसम्‍म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्‍याउँदिनँ।’ “त्‍यसैकारण इस्राएलको सारा परिवारले यो पक्‍का गरी जानोस्, कि येशू, जसलाई तपाईंहरूले क्रूसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट बनाउनुभयो।”

Video for प्रेरित 2:22-36