YouVersion लोगो
खोज आइकन

प्रेरित 2:1-11

प्रेरित 2:1-11 NNRV

जब पेन्‍तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए। अनि स्‍वर्गबाट अचानक ठूलो बतासको झोक्‍काजस्‍तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो। आगोका जिब्राहरूजस्‍ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे। अनि तिनीहरू सबै जना पवित्र आत्‍माले भरिए, र पवित्र आत्‍माले तिनीहरूलाई दिनुभएको उच्‍चारणबमोजिम तिनीहरू अन्‍य भाषाहरूमा बोल्‍न लागे। स्‍वर्गमुनि भएको हरेक देशबाट ईश्‍वरभक्त यहूदीहरू त्‍यस बेला यरूशलेममा बसेका थिए। तब यो आवाज सुनेर भीड जम्‍मा भयो। तिनीहरू आश्‍चर्यचकित भए, किनकि हरेकले आ-आफ्‍ना भाषामा तिनीहरू बोलिरहेका सुन्‍यो। तिनीहरू सबै आश्‍चर्यचकित भए, र अचम्‍म मानेर भन्‍न लागे, “के यी बोल्‍नेहरू सबै गालीलीहरू होइनन्‌ र? त कसरी तिनीहरू हरेकले हाम्रा आफ्‍ना मातृभाषामा बोलेको हामी सुन्‍छौं? हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, र मेसोपोटामियाका, यहूदियाका, कापाडोकियाका, पोन्‍टस र एशियाका बासिन्‍दाहरू छौं। अनि फ्रिगिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहूदी र यहूदी मत मान्‍नेहरू दुवै छौं, क्रेटका बासिन्‍दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ-आफ्‍ना भाषामा परमेश्‍वरका महान्‌ कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्‍दैछौं।”

Video for प्रेरित 2:1-11