२ तिमोथी पुस्तक परिचय
पुस्तक परिचय
रोममा दोस्रो पटक कैदमा हुँदा, पावलले तिमोथीलाई यो पत्र लेखेका थिए। त्यतिबेला तिमोथी एफिससमा भएको ख्रीष्टियान मण्डलीको एक जना मुख्य अगुवा थिए (हेर्नोस् १ तिमोथीको परिचय)।
बाइबलका धेरैजसो विद्वानहरूको विचार अनुसार, पावलले पहिलो कैदबाट छुटकारा पाए (प्रेरित २८:१६,३०), तर केही समयपछि फेरि थुनिएर तिनी रोमीहरूका हातबाट मारिए। पावलले यो पत्र ईस्वी सम्बत् ६६-६७ मा रोमका झ्यालखानबाट लेखेका थिए।
यो पत्र लेख्दा आफ्नो आखिर अवस्था नजिक आइपुगेको छ भन्ने पावललाई पूरा थाहा थियो (२ तिमोथी ४:६)। नयाँ करारमा भएका पावलका पत्रहरूमध्ये यो पत्र सबैभन्दा पछि लेखिएको पत्र हो।
अहिले सेलेक्ट गरिएको:
२ तिमोथी पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012