तब इस्राएलका सबै कुल हेब्रोनमा दाऊदकहाँ आएर तिनलाई भने, “हामी तपाईंकै हाड़ र मासु हौं।” अघि शाऊल हाम्रा राजा हुँदा पनि तपाईंले नै इस्राएलको सेनालाई लड़ाइँमा लाने र फर्काएर ल्याउने गर्नुहुन्थ्यो। अनि परमप्रभुले तपाईंलाई भन्नुभयो, तँ नै मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्। तँ तिनीहरूको राजा हुनेछस्’।” तब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा राजाकहाँ आए। त्यहाँ दाऊदले तिनीहरूसँग परमप्रभुको सामुन्ने करार बाँधे, र तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे। दाऊद तीस वर्षको उमेरमा राजा बने, र तिनले चालीस वर्षसम्म राज्य गरे। तिनले हेब्रोनमा यहूदामाथि साढ़े सात वर्ष अनि यहूदा र इस्राएल दुवैमाथि यरूशलेममा तेत्तीस वर्ष राज्य गरे। त्यसपछि दाऊद राजा र तिनका मानिसहरू यरूशलेममा बस्ने यबूसीहरूलाई आक्रमण गर्न गए। यबूसीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउन सक्नुहुन्न, अन्धा र लङ्गड़ाहरूले पनि तपाईंलाई भगाउन सक्नेछन्।” उनीहरूको विचार यही थियो कि दाऊद कहिल्यै भित्र आउन सक्नेछैनन्। तापनि दाऊदले सियोनको गढ़ी, दाऊदको सहर लिइहाले।
२ शमूएल 5 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 5
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 5:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू