YouVersion लोगो
खोज आइकन

२ शमूएल 2

2
दाऊद हेब्रोनमा यहूदाका राजा भएका
1त्‍यसपछि दाऊदले परमप्रभुलाई यसो भनेर सोधे, “के म यहूदाको कुनै एउटा सहरमा जाऊँ?”
परमप्रभुले जवाफ दिनुभयो, “उक्‍लिजाऊ।”
दाऊदले सोधे, “कुनचाहिँ सहरमा?”
अनि यस्‍तो जवाफ आयो, “हेब्रोनमा।”
2यसैले दाऊद आफ्‍ना दुई पत्‍नीहरू, यिजरेली अहीनोम र कर्मेलका नाबालकी विधवा अबीगेलको साथमा त्‍यहाँ गए। #१ शमू २५:४२-४३ 3आफूसँग लागेका मानिसहरूलाई पनि तिनीहरूका जहानैसमेत दाऊदले ल्‍याए, र तिनीहरू हेब्रोन र त्‍यसका सहरहरूमा बसोबास गरे। 4अनि यहूदाका मानिसहरू आएर दाऊदलाई त्‍यहाँ यहूदाका घरानामाथि राजा अभिषेक गरे। #१ शमू ३१:११-१३
याबेश-गिलादका मानिसहरूले शाऊललाई गाड़ेका थिए भनेर दाऊदलाई सुनाइयो। 5तब तिनले तिनीहरूलाई यो समाचार पठाए, “तिमीहरूले आफ्‍ना स्‍वामी शाऊलप्रति देखाएको भक्ति र उहाँलाई गाड़ेकामा परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्। 6यसको निम्‍ति परमप्रभुले तिमीहरूप्रति आफ्‍नो दृढ़ प्रेम र विश्‍वसनीयता देखाऊन्, अनि तिमीहरूले यो काम गरेका हुनाले म पनि आफ्‍नो तर्फबाट तिमीहरूमाथि उही निगाह राख्‍नेछु। 7बलिया र आँटिला होओ, किनभने तिमीहरूका स्‍वामी शाऊलको मृत्‍यु भएको छ, र यहूदाका मानिसहरूले मलाई आफ्‍ना राजा अभिषेक गरेका छन्‌।”
शाऊल र दाऊदका घरानाका बीचमा गृहयुद्ध भएको
8यसै बीचमा शाऊलका सेनापति नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्‍बोशेतलाई यर्दनवारि महनोममा ल्‍याए, 9अनि गिलाद, अशुरी,#2:9 अथवा आशेर यिजरेल, एफ्राइम र बेन्‍यामीन र सारा इस्राएलमाथि तिनलाई राजा तुल्‍याए।
10इस्राएलका राजा हुँदा ईश्‍बोशेत चालीस वर्षका थिए, र तिनले दुई वर्षसम्‍म राज्‍य गरे। तापनि यहूदाको घरानाचाहिँ दाऊदकै पछि लाग्‍यो। 11हेब्रोनमा यहूदाको घरानामाथि दाऊदले साढ़े सात वर्षसम्‍म राज्‍य गरे। #२ शमू ५:४-५; १ इति ३:४
12नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्‍बोशेतको फौज लिएर महनोमबाट गिबोनमा धावा गरे। 13अनि सरूयाहका छोरा योआबले दाऊदका फौजको साथमा हेब्रोनबाट धावा गरे। तिनीहरूले एक-अर्कालाई गिबोनको पोखरीनेर भेटे, र एउटाले पोखरीको वारि र अर्काले पोखरीको पारि हमलाको लागि मोर्चा बाँधे।
14अबनेरले योआबलाई भने, “तिम्रा र मेरा जवान मानिसहरूमध्‍येका कोही आएर हाम्रो सामुन्‍ने एक-एक जना गरी लडून्‌।”
योआबले जवाफ दिए, “हुन्‍छ, तिनीहरूले त्‍यसै गरून्‌।”
15यसैकारण तिनीहरू आए, र बेन्‍यामीन र शाऊलका छोरा ईश्‍बोशेतका तर्फका बाह्र जना र दाऊदतर्फका बाह्र जना एक-एक जना गरी आफ्‍नो स्‍थानमा खड़ा भए। 16तब तिनीहरू हरेकले आ-आफ्‍नो विरोधीको टाउको समातेर कोखामा छुरी रोपिदियो। यसरी तिनीहरू एकसाथ ढले। यसैकारण गिबोनको त्‍यस ठाउँलाई हेल्‍कत-हज्‍जुरीम#2:16 “हेल्‍कत-हज्‍जुरीम” को अर्थ “छुरीको ठाउँ” हो। भनियो।
17त्‍यस दिन घमासान युद्ध भयो, अनि अबनेर र इस्राएलका मानिसहरू दाऊदका फौजको सामु हारे।
18सरूयाहका तीनै भाइ छोराहरू, योआब, अबीशै र असाहेल त्‍यहाँ थिए। असाहेल मैदानमा कुद्‌ने हरिण जत्तिकै छिटा थिए, 19र तिनी दाहिने-देब्रे कतै पनि नफर्की सीधै अबनेरको पछि खेद्‌दैगए। 20तब अबनेरले पछि फर्केर सोधे, “हे असाहेल, के तिमी नै हौ?”
“हो” भनी तिनले जवाफ दिए।
21अबनेरले भने, “दाहिने कि देब्रेतिर लागेर जवानहरूमध्‍येका एक जनालाई पक्रेर त्‍यसलाई लुट।” तर असाहेलले उनलाई खेद्‌न छोड़ेनन्‌।
22अबनेरले फेरि “मलाई खेद्‌न छोड़िदेऊ” भनी चेताउनी दिए। उनले भने, “मैले तिमीलाई कसरी मार्नु? तिम्रा दाजु योआबलाई मैले कसरी मुख देखाउनु?”
23तर जब असाहेल अन्‍यत्र लाग्‍न मानेनन्, तब अबनेरले आफ्‍नो भाला पछिल्‍तिर हानेर तिनको भुँड़ीमा रोपिदिए, र भाला तिनको पछिल्‍तिर निस्‍क्‍यो, र तिनी बाटैमा ढलेर मरे। असाहेल मरेर लोटेको ठाउँमा आइपुग्‍ने सबै जना त्‍यहीँ नै अड़िए।
24तर सूर्य अस्‍ताउँदा तिनीहरू गिबोनका खर्कको बाटोमा गीहनेरको अम्‍मा डाँड़ामा नआइपुगुञ्‍जेल योआब र अबीशैले चाहिँ अबनेरलाई खेदी नै रहे। 25बेन्‍यामीनीहरू अबनेरतर्फ जम्‍मा भए, र एउटै दल भएर एउटा डाँड़ाको टाकुरामा युद्धको लागि तयार भए।
26अबनेरले कराएर योआबलाई भने, “के मारकाट गरिरहने? त्‍यसको परिणाम आखिरमा तीतो हुन्‍छ भनी तिमी देख्‍न सक्‍दैनौ? आफ्‍ना भाइबन्‍धुहरूलाई खेद्‌न छोड़िदिनू भनी के तिमी आफ्‍ना मानिसहरूलाई फर्काउँदैनौ?”
27योआबले जवाफ दिए, “जीवित परमेश्‍वरको नाउँमा म भन्‍दछु, कि तिमीले नभनेका भए मानिसहरूले बिहानसम्‍म पनि आफ्‍ना भाइबन्‍धुहरूलाई खेद्‌न छोड्‌नेथिएनन्‌।”
28तब योआबले तुरही फुके, र सबै मानिसहरूले इस्राएलीहरूलाई खेद्‌न छोड़िदिए, अनि युद्ध थामियो।
29अबनेर र उनका मानिसहरू रातभरि अराबाबाट हिँड़ेर यर्दन पार गरे, र बिहानभरि हिँड़ेर महनोममा आइपुगे।
30जब योआब अबनेरलाई खेद्‌न छोड़ेर आए, तब तिनले आफ्‍नो फौजलाई भेला गरे, र असाहेलबाहेक दाऊदका उन्‍नाईस जना मानिसहरू कम भेट्टाइए। 31तर दाऊदका फौजले अबनेरका पछि लाग्‍ने बेन्‍यामीनीहरूका तीन सय साठी जनालाई मारेका थिए। 32तिनीहरूले असाहेललाई बोकेर लगे, र बेथलेहेममा तिनका बुबाको चिहानमा गाड़े। त्‍यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँड़ेर मिरमिरे उज्‍यालोमा हेब्रोनमा पुगे।

अहिले सेलेक्ट गरिएको:

२ शमूएल 2: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्