यसै बीचमा अब्शालोम र तिनीसँग भएका सबै इस्राएलीहरू यरूशलेममा पुगे, अनि अहीतोपेल पनि तिनीसँग थिए। तब दाऊदका मित्र अरकी हूशैले अब्शालोमलाई भेटे, र तिनलाई भने, “राजा दीर्घायु होऊन्! राजा दीर्घायु होऊन्!” तर अब्शालोमले जवाफ दिए, “तिम्रा मित्रलाई देखाएको प्रेम यही हो? तिमी उहाँसँग किन गएनौ?” हूशैले अब्शालोमलाई जवाफ दिए, “परमेश्वरले चुन्नुभएका मानिस, जनता र इस्राएलका सारा मानिसहरूले चुनेका व्यक्तिसँग लाग्ने विचार मैले गरेको छु। अनि म तिनीसँगै बस्नेछु। फेरि मैले कसको सेवा गर्ने? के छोराको सेवा गर्नुपर्दैन र? जस्तो मैले तपाईंका पिताको सेवा गरें, त्यस्तै म तपाईंको सेवा गर्नेछु।” अब्शालोमले अहीतोपेललाई भने, “हामीलाई तपाईंको सल्लाह दिनुहोस्। हामीले कसरी काम गर्नुपर्ने हो?” अहीतोपेलले जवाफ दिए, “तपाईंका पिताले महलको जिम्मेवारीमा छोड़िगएका तपाईंका पिताका उपपत्नीहरूसित सहवास गर्नुहोस्। तब तपाईंले आफ्ना पिताको नाक काटिदिएको काम सबै इस्राएलले सुन्नेछन्, र तपाईंको पछि लाग्नेहरूको हात अझै बलियो हुनेछ।” यसैले तिनीहरूले कौसीमा अब्शालोमको निम्ति एउटा पाल टाँगिदिए, र सबै इस्राएलले देख्ने गरी तिनी आफ्ना बुबाका उपपत्नीहरूसित सुते। ती दिनहरूमा अहीतोपेलको सल्लाहचाहिँ परमेश्वरसँग सोधपूछ गर्नेको जस्तै नै मानिन्थ्यो। दाऊद र अब्शालोमले अहीतोपेलका सल्लाहलाई त्यतिसम्म कदर गर्थे।
२ शमूएल 16 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 16
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 16:15-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू