YouVersion लोगो
खोज आइकन

२ शमूएल 11:1-4

२ शमूएल 11:1-4 NNRV

बसन्‍त ऋतुमा जब राजाहरू लड़ाइँ गर्नलाई निस्‍कन्‍छन्, दाऊदले योआब र आफ्‍ना अरू अधिकृतहरू र सबै इस्राएलका फौजलाई पठाए, र तिनीहरूले अम्‍मोनीहरूलाई ध्‍वंस पारे, र रब्‍बालाई घेरे। तर दाऊदचाहिँ यरूशलेममा नै रहे। एक बेलुकी दाऊद पलङ्गबाट उठेर महलको कौसीमाथि घुमिरहेका बेलामा तिनले एउटी स्‍त्रीलाई नुहाइरहेकी देखे, अनि तिनी अति सुन्‍दरी थिइन्‌। तिनी को हुन्‌ भनी सोधपूछ गर्नलाई तिनले मानिस पठाए, र यस्‍तो खबर आयो, “के तिनी एलीआमकी छोरी हित्ती उरियाहकी पत्‍नी बतशेबा होइनन्‌ र?” दाऊदले तिनलाई ल्‍याउन मानिसहरू पठाए, अनि तिनी आइन्, र दाऊदले तिनीसित सहवास गरे। (तिनले आफ्‍नो रजस्‍वलाको बेलापछि आफैलाई शुद्ध पारेकी थिइन्‌।) त्‍यसपछि तिनी आफ्‍नो घरमा गइन्‌।