अब त्यस सहरको मूल ढोकानेर बस्ने चार जना कुष्ठरोगीहरू थिए। तिनीहरूले आपसमा भने, “हामी यहाँ नमरुञ्जेल किन बस्ने? यदि ‘हामी सहरभित्र जाऔं’ भनी भन्यौं भने, त्यहाँ अनिकाल छ र हामी मर्नेछौं। अनि यहाँ बस्यौं भने पनि हामी मर्नेछौं। यसकारण अब हामी अरामीहरूको छाउनीमा गएर समर्पण गरौं। यदि उनीहरूले हामीलाई छोड़िदिए भने हामी बाँच्नेछौं। यदि मारे भने पनि हामी मर्नेछौं।” तब तिनीहरू साँझपख उठेर अरामीहरूको छाउनीतिर गए। जब तिनीहरू छाउनीको छेउमा आइपुगे, तिनीहरूले त्यहाँ एउटै मानिस पनि देखेनन्। किनकि परमप्रभुले अरामीहरूलाई रथहरू, घोड़ाहरू र एक ठूलो सेनाको आवाज सुन्न लाउनुभएको थियो, ताकि उनीहरूले एक-अर्कालाई भने, “हेर त, इस्राएलका राजाले त हामीलाई आक्रमण गर्न हित्ती र मिश्रदेशका राजाहरूलाई भाड़ामा ल्याएका छन्।” यसैकारण उनीहरू साँझमा आफ्ना पालहरू, घोड़ाहरू र गधाहरू छोड़ेर ज्यान बचाएर भागेका थिए। छाउनी पनि त्यसै लथालिङ्गै थिए। ती कुष्ठरोग लागेका मानिसहरू छाउनीको छेउमा पुगे र पालहरूमध्ये एउटामा पसेर तिनीहरूले खानपान गरे, अनि सुन र चाँदी र लुगाहरू अन्यत्र लगेर लुकाइराखे। त्यसपछि तिनीहरू फेरि आएर अर्को पालमा पसे र चीजबीज लगेर ती पनि लुकाइराखे।
२ राजाहरू 7 पढ्नुहोस्
सुन्नुहोस् २ राजाहरू 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ राजाहरू 7:3-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू