YouVersion लोगो
खोज आइकन

२ राजाहरू 6:15-20

२ राजाहरू 6:15-20 NNRV

जब परमेश्‍वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोड़ाहरू र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको थियो। त्‍यस चाकरले आएर आफ्‍ना मालिकलाई सोध्‍यो, “हे मेरा प्रभु, अब हामी के गरौं?” ती अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरूभन्‍दा धेरै छन्‌।” तब एलीशाले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्, र यसले देखोस्‌।” तब परमप्रभुले त्‍यस चाकरको आँखा खोलिदिनुभयो, र त्‍यसले एलीशाका वरिपरिका डाँड़ाहरू अग्‍निमय घोड़ाहरू र रथहरूले भरिएका देख्‍यो। जब शत्रुहरू तिनीतर्फ ओर्लेर आए, तब एलीशाले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “यी मानिसहरूलाई अन्‍धा पारिदिनुहोस्‌।” एलीशाले बिन्‍ती गरेझैँ उहाँले उनीहरूलाई अन्‍धा पारिदिनुभयो। तब एलीशाले उनीहरूलाई भने, “यो बाटो होइन। यो सहर पनि होइन। मेरो पछि लाग, र म तिमीहरूले खोजेको मानिसकहाँ तिमीहरूलाई पुर्‍याइदिनेछु।” अनि तिनले उनीहरूलाई सामरियामा पुर्‍याए। उनीहरू सहरमा पसेपछि एलीशाले यसो भने, “हे परमप्रभु, यी मानिसहरूका आँखा खोलिदिनुहोस्, र उनीहरूले फेरि देख्‍न सकून्‌।” अनि उहाँले उनीहरूका आँखा खोलिदिनुभयो, र उनीहरूले हेरे, र आफूलाई सामरियाभित्र पो रहेछौं भनी देखे।

२ राजाहरू 6:15-20 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति