२ कोरिन्थी पुस्तक परिचय
पुस्तक परिचय
कोरिन्थीहरूलाई पहिलो पत्र लेखेका एक-दुई वर्षपछि पावलले माकेडोनियाबाट लगभग ईस्वी सम्बत् ५५-५७ मा यो “दोस्रो” पत्र लेखे।
पहिलो पत्रमा भएको पावलको अर्ती र हप्काइको कारणले, कोरिन्थीहरूले यस पत्रलाई खुशीसित स्वीकार गरेनन्, र मण्डलीमा धेरै जना पावलको विरोधमा बोल्न थाले। त्यसकारण पावलले एफिससबाट एउटा कडा चिट्ठी लेखेर आफ्ना सहयोगी तीतसको हातद्वारा कोरिन्थमा पठाए (२ कोरिन्थी २:३-४)। यो चिट्ठी हराएको छ; यसको कुनै प्रतिलिपि पनि छैन। (शायद कोरिन्थीहरूले मन नपराएर त्यो चिट्ठी तुरून्तै फ्याँकिदिए।)
जब तीतस कोरिन्थबाट चाँडै फर्केनन्, तब पावल उत्तर ग्रीसको माकेडोनिया भन्ने प्रदेशमा गए, जहाँ अन्त्यमा तिनले तीतसलाई भेटाए (२ कोरिन्थी २:१२-१४)। कोरिन्थीहरूले आफ्नो गल्तीहरूको स्वीकार गरेर पश्चात्ताप गरेका छन् भन्ने खबर पावलले तीतसबाट थाहा पाए। यो खुशीको खबर सुनेर, पावलले एउटा तेस्रो पत्र कोरिन्थीहरूलाई लेखे, जुन अहिले “कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र” भनिन्छ। (कारण, बीचको पत्र हराएको छ।)
कोरिन्थीहरूलाई यो “दोस्रो” पत्रचाहिँ पावलका अरू पत्रहरूभन्दा व्यक्तिगत तवरले लेखिएको छ। पावलले कोरिन्थीहरूलाई (र हामीलाई पनि) आफ्नो भित्री हृदय खोलेर देखाउँछन्। पावल कुन किसिमका मानिस थिए भन्ने कुरा यही पत्रबाट हामी धेरै थाहा पाउन सक्छौं।
पावलको जीवनको विषयमा अझै पढ्नका निम्ति पावलले रोमीहरूलाई पठाएको पत्रको परिचय हेर्नुहोस्।
अहिले सेलेक्ट गरिएको:
२ कोरिन्थी पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012