२ कोरिन्थी 11:1-4

२ कोरिन्थी 11:1-4 NNRV

तिमीहरूले मेरो थोरै मूर्खता सहिदिए पनि हुने! कृपया सहिदेओ! ईश्‍वरीय डाहले म तिमीहरूप्रति डाही भएको छु। एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्‍तुत गर्न मैले ख्रीष्‍टसँग तिमीहरूको मगनी गरिदिएँ। तर जसरी सर्पले आफ्‍नो चलाकीले हव्‍वालाई छल्‍यो, त्‍यसरी नै ख्रीष्‍टप्रतिका तिमीहरूको निष्‍कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन्‌ कि भनेर मलाई डर लागेको छ। किनकि यदि कुनै व्‍यक्ति आएर हामीले प्रचार गरेका भन्‍दा अर्कै येशूलाई प्रचार गर्‍यो भने, अथवा तिमीहरूले पाएका आत्‍माभन्‍दा अर्कै आत्‍मा तिमीहरूले ग्रहण गर्‍यौ भने, वा तिमीहरूले पाएका सुसमाचारभन्‍दा अर्कै कुनै सुसमाचार ग्रहण गर्‍यौ भने, तिमीहरू यी सबका सामु सजिलै झुक्‍दारहेछौ।