राजगद्दी आरोहण गर्दा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। तिनी दाहिने-देब्रे नलागी आफ्ना पुर्खा दाऊदका सबै चालमा हिँड़े। तिनका राजकालको आठौँ वर्षमा तिनी जवान छँदा तिनले आफ्ना पुर्खा दाऊदका परमेश्वरलाई खोज्न सुरु गरे। अनि बाह्रौँ वर्षमा यहूदा र यरूशलेममा भएका डाँड़ाका थानहरू र अशेरा देवीका खम्बाहरू अनि खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे। बाल देवताहरूका वेदीहरू तिनले भत्काउन लाए, र तिनीहरूका माथि भएका धूप-वेदीहरू टुक्रै-टुक्रा पारे। तिनले अशेरा देवीका खम्बाहरू र अरू सबै मूर्ति र प्रतिमाहरू टुक्रै-टुक्रा पारेर धूलोपीठो बनाए, र तिनलाई बलिदान चढ़ाउने मानिसहरूका चिहानहरूमा ती छरिदिए। तिनले तिनका पूजाहारीहरूका हड्डी पनि तिनीहरूकै वेदीहरूमा जलाइदिए, र यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे। तिनले मनश्शे, एफ्राइम, शिमियोन र नप्तालीसम्मका सहरहरू र तिनका वरिपरिका भग्नावशेषमा भेट्टाएका तिनीहरूका वेदीहरू र अशेरा देवीका खम्बाहरू भत्काइदिए। अनि ढालेर बनाएका मूर्तिहरूलाई तिनले धूलोपीठो पारिदिए। इस्राएलको देशभरि नै भएका धूप-वेदीहरूलाई तिनले नाश गरे। त्यसपछि तिनी यरूशलेममा फर्के।
२ इतिहास 34 पढ्नुहोस्
सुन्नुहोस् २ इतिहास 34
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ इतिहास 34:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू